धनगढी प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीको जङ्गल क्षेत्रमा बनाउने प्रतिवेदनप्रति असहमति राख्दै गरिएको हडतालका कारण बिहिबार धनगढीको जनजीवन प्रभावित बनेको छ ।
एका बिहानै हडतालका कारण बजारमा आएका बन्दकर्ताले बजार बन्द गराएका छन् भने यहाँबाट चल्ने सार्वजनिक सवारी साधन पनि भएका छन्। बिहान सञ्चालन हुने स्कुल कलेज पनि बन्द भएका छन् ।
हडताल आह्वानकर्ताले बिहानदेखि धनगढी बजारमा प्रदर्शनसमेत गरेका छन् । धनगढीलाई प्रदेश नं ७ को अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो रकम खर्च भइसकेको अवस्थामा कुनै पूर्वाधार नरहेको र जङ्गल क्षेत्र रहेको कैलालीको गोदावरी नगरपालिका–४ को तेघरीमा स्थायी राजधानी रहने स्थानको सिफारिश गर्नु उपयुक्त नभएको स्थानीयवासीको भनाइ छ ।
प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि सुझाव दिन प्रदेशसभामा गठित विशेष सुझाव समितिले गोदावरी नगरपालिका–४ को तेघरीमा स्थायी राजधानी बनाउन उपयुक्त हुने ठहरसहित प्रतिवेदन प्रस्तुत गरेको थियो ।




प्रतिक्रिया