प्रदेश ७ मा छिट्टै नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गछौं : मन्त्री अधिकारी

प्रदेश ७ मा छिट्टै नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गछौं : मन्त्री अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – पर्यटन मन्त्री रविन्द्र अधिकारीले प्रदेश नम्बर ७ को पर्यटन बिकासको लागि पर्यटन उद्यम मैत्री वातावरण सृजना गरिरहेको बताएका छन् ।

आईतबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै उनले सात नम्बर प्रदेश पर्यटन बिकासको ठुलो सम्भाबना रहेको प्रदेश भएको समेत बताए । “विगतमा प्रदेश नं. ७ को पर्यटन क्षेत्र पछाडि पर्नुको थुपै कारण छन“, मन्त्री अधिकारीले भने – “यहाँ ठुलो सम्भाबना छ ,तर पूर्वाधारको विकास हुन सकेको छैन ।

आन्तरिक पर्यटकलाई भित्र्याउन पर्यटन सम्बन्धि स्किल ट्रेनिङ्ग सञ्चालन पनि गर्नु पर्ने देखिन्छ“। मन्त्री अधिकारीले छिट्टै प्रदेश ७ मा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गरी आन्तरिक पर्यटनलाई भित्र्याउन गृहकार्य थालनी गर्ने समेत बताए । प्रदेश ७ मा रहेको गेटा विमानस्थलनको स्तोरउन्नती गर्दै अन्तर्रा्ष्ट्रिय विमानस्थलका लागि पहल अगाडि बढाइरहेको समेत बताए ।

यस क्षेत्रमा रहेका पहाडी विमानस्थलमा पनि छिट्टै उडान गराउन पहल भई रहेको समेत मन्त्री अधिकारीले बताए । केही दिन अघी मिडियामा दिएको अभिब्यक्तिबाट बिबादमा आएका मन्त्री अधिकारीले काम नगर्दा गरेन भन्ने गरेपछि खुट्टा तान्ने प्रबृतिका कारण काम गर्न गाहो हुने गरेको गुनासो समेत गरे। मन्त्री अधिकारीले आज नै प्रस्ताबित फाप्ला क्रिकेट मैदानको निरिक्षण समेत गरेका छन् ।