विवादमा प्रदेश प्रहरी ऐन

विवादमा प्रदेश प्रहरी ऐन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच बिबाद देखिएको छ । प्रदेश मामिला समितिले हेटौंडामा गरेको संघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरी विषयक अन्तक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाए ।

संघीय सरकारले नै कानुन मिचेको छ, संविधानमा व्यवस्था भएको अधिकार पनि नदिनेु उनले भने, केन्द्र सरकारसँग विवाद गर्ने पक्षमा त हामी छैनौं तर, हामी गम्भीर हुनुपर्ने बेला आएको छ ।

संविधानले बराबर अधिकार दिएको भन्दै उनले संविधानले नै व्यवस्था गरेको कुरा दिन्न भन्न नमिल्ने बताए । प्रदेश प्रहरी ऐन बनाउने कुरामा हतार नगरिएको भन्दै उनले केन्द्र र प्रदेशबीच टकराव बढाएर व्यवस्था नै असफल बनाउने शक्ति सक्रिय भएको दाबी गरे । यो समाचार आजको कान्तिपुरमा छ ।