संघीय प्रहरी ऐन नबन्दा प्रदेश सरकार समस्यामा

संघीय प्रहरी ऐन नबन्दा प्रदेश सरकार समस्यामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघीय प्रहरी ऐन कहिले आउँछरु यस प्रश्नको जवाफमा गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईको जवाफ एउटै हुन्छ छिट्टै। गृहमन्त्री थापा र सचिव राईले संघीय प्रहरी ऐन छिट्टै निर्माण हुने भनेको केहि महिना भइसक्यो।

तर मस्यौदा सम्म पनि बाहिर आउन सकेको छैन। गृहमन्त्री थापाले मन्त्रालय सम्हालेपछि सार्वजनिक गरेको प्रशासन सुधारका ८२ बुँदे कार्यायोजनामा पनि प्रहरी ऐन निर्मााण पहिलो प्राथमिकता थियो। यो वर्ष सुरुमै उनीहरुले एक औपचारिक कार्यक्रममा संघीय प्रहरी ऐन निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको बताएका थिए।

तर संघीय ऐन छिट्टै संसदमा पुरेर पारित गरी लागू गर्ने प्रतिवद्धता जनाएका थिए। संघीय ऐन नबन्दा प्रदेश सरकारहरुलाई प्रदेश प्रहरी ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउन अलमल भएको छ। केन्द्रीय सरकराले संघीय प्रहरी ऐन निर्माण गर्न नसक्दा प्रदेश सरकारलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन, कार्य सम्पादन र दीर्घकालिन सुरक्षा योजनानिर्माण कार्यमा समस्या देखिको छ।

गृहमन्त्रालये संघीय प्रही ऐन निर्मणका लागि करिब दुई वर्षअघि उच्चस्तरीय समिति गठन गरी समूहगत छलफल थालेको थियो। प्रदेश सरकराहरुले प्रदेश प्रहरी ऐन निर्माण गर्न हतार गरिरहेका बेला संघीय प्रहरी ऐन भने अझै मयौदाकै चरणमा छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।