राजेन्द्र राई नेतृत्वको सरकारमा आज एक राज्यमन्त्रीसहित ५ जना मन्त्रीले शपथ लिने

राजेन्द्र राई नेतृत्वको सरकारमा आज एक राज्यमन्त्रीसहित ५ जना मन्त्रीले शपथ लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनियताको शपथ लिने तयारी गरेका छन् ।

प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्री राईलाई शपथ खुवाउने तयारी गरेका हुन् । राई नेतृत्वको सरकारमा आज पाँच जना मन्त्रीले शपथ लिने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टी निकट स्रोतका अनुसार नेपाली कांग्रेसबाट दुई जना, माअ‍ोवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टीबाट एक जनालाई शपथ गराउने तयारी भएको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बन्ने भएकी छन् ।