मुख्यमन्त्री राईले लिए शपथ, पाँच जना मन्त्री नियुक्त

मुख्यमन्त्री राईले लिए शपथ, पाँच जना मन्त्री नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनियताको शपथ लिएका छन्  । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री राईलाई शपथ खुवाएका हुन् । राई नेतृत्वको सरकारमा एक राज्यमन्त्रसहित पाँच जना मन्त्रीले शपथ लिएका छन् ।

सोमबार भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले राईलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री राई नेतृत्वकाे सरकारमा नेपाली कांग्रेसबाट दुई जना, माअ‍ोवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टीबाट एक जना मन्त्री नियुक्त भएका छन् ।

जसअनुसार नेपाली कांग्रेसका हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, कांग्रेसकै केदार कार्की आन्तरिक मामिला मन्त्री, जनता समाजवादी पार्टीका जयराम यादव सामाजिक विकास मन्त्री, नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो आर्थिक मामिला मन्त्री नियुक्त भएका छन् । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बनेकी छन् ।