मन्त्रालय टुक्राएर कांग्रेसलाई सरकारमा भित्र्याउने मुख्यमन्त्री राउतको तयारी

मन्त्रालय टुक्राएर कांग्रेसलाई सरकारमा भित्र्याउने मुख्यमन्त्री राउतको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहले प्रदेश २ मा नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारी सुरु गरेको छ ।

आइतबार जसपाले महन्थ ठाकुर पक्षका चार जना मन्त्रीलाई बर्खास्त गरेपछि प्रदेश नम्बर २ मा मन्त्रिमण्डल विस्तारको प्रक्रिया अगाडि बढेको हो । मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई रिक्त रहेका मन्त्रालय दिएर सरकारमा भित्र्याउने तयारी सुरु गरेका छन् ।

त्यसका लागि दुवै पक्षका नेताहरुबीच छलफल जारी रहेको नेपाली काग्रेस प्रदेश २ का सचेतक उपेन्द्र कुशवाहले जानकारी दिए । कुन–कुन मन्त्रालय फुटाउने भन्ने विषय टुंगो लागि नसकेको बताइएको छ । ‘दुवै पक्षका नेताहरुबीच मन्त्रालय टुक्राएर सरकारमा सहभागी हुने विषयमा प्रारम्भिक विषयमा छलफल भयो’, उनले भने ।

आइतबार मुख्यमन्त्री राउतले ठाकुर पक्षका चार जना मन्त्रीलाई बर्खास्त गरेका थिए । उनले राजपाबाट सरकारमा प्रतिनिधित्व गरेका जितेन्द्र सोनल तथा राज्यमन्त्रीहरू डा डिम्पल झा, सुरेश मण्डल र अभिराम शर्मालाई पदमुक्त गरेका थिए ।

केन्द्रमा महन्थ पक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ सरकारमा रहेका चार जना मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

त्यस्तै उनले जनकपुरमा भएको पार्टी संसदीय दलको बैठक राखेर जसपा प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री राउतलाई चयन गराएका थिए ।