प्रदेश २ को निर्णयः नयाँ उद्योगलाई २० वर्ष ‘नो ट्याक्स’, उद्योग सुरक्षा बल गठन हुने


जनकपुरधाम– प्रदेश २ मा उद्योग स्थापना हुने नयाँ उद्योगलाई २० वर्षसम्म कर नलाग्ने भएको छ।

मन्त्रिपरिषद बैठकको सोमबारको बैठकले प्रदेशभित्र स्थापना हुने उद्योगसँग २० वर्षसम्म कर नलिने र उद्योग स्थापनाका लागि प्रदेश सरकारले नै जग्गासमेत उपलब्ध गराउने निर्णय गरेको हो।

उद्योग सञ्चालनका लागि इच्छुक उद्योगीलाई प्रदेश सरकारले कुनै शुल्क नलिई लिजमा जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

यसैगरी उद्योग सञ्चालन गर्न सुरक्षाको पूर्ण ग्यारेन्टी दिन उद्योग सुरक्षा बलसमेत गठन गर्ने निर्णय भएको छ। प्रदेश सरकारले हाल झन्झटिलो रहेको उद्योग दर्ता प्रक्रियालाई सहज बनाउने भएको छ। प्रक्रियालाई सहज बनाउँदै तीन घन्टाभित्र उद्योग दर्ता हुने व्यवस्था मिलाइने बताइएको छ। यसअतिरिक्त उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउन प्रदेश सरकारले पहल गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement