प्रदेशहरूको बजेट खर्च कमजोर

प्रदेशहरूको बजेट खर्च कमजोर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रदेशहरूको बजेट खर्च कमजोर देखिएको छ । संघ जस्तै स्रोतको सही अनुमान नगरी बजेट ल्याउँदा प्रदेशहरूको बजेट खर्च कमजोर देखिएको हो । चालु आर्थिक वर्ष सकिन ५ महिना बाँकी रहँदा सातै प्रदेश सरकारहरूले आफैँले ल्याएको बजेटको ठूलो हिस्सा खर्च गर्न सकेका छैनन् ।

चालु आर्थिक वर्षको ६ महिनामा कुनै पनि प्रदेशले कुल बजेटको ३० प्रतिशत बजेट खर्च गरेका छैनन् । सात प्रदेशमध्ये बजेट खर्च गर्न सबैभन्दा कमजोर रहेको मधेस सरकार हो ।

४३ अर्ब ८९ करोड रुपैयाँको बजेट ल्याएको मधेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्ममा २ अर्ब ४६ करोड रुपैयाँ अर्थात कुल बजेटको ५ दशमलव ६१ प्रतिशत मात्रै खर्च गरेको छ । खर्चको ठूलो हिस्सा मधेश सरकारले चालु खर्चमै गरेको छ ।

सबैभन्दा बढी बजेट खर्च गर्ने कोशी प्रदेश हो । यो वर्षका लागि कोशी सरकारले ३५ अर्ब २७ करोडको कुल बजेट ल्याएकोमा ८ अर्ब ७६ करोड रुपैयाँ अर्थात कुल बजेटको २४ दशमलव ८५ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको बागमती सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १० अर्ब ५० करोड रुपैयाँ अर्थात १६ दशमलव २७ प्रतिशत बजेट खर्च गरेको छ ।

गण्डकी सरकारले कुल विनियोजित बजेटको १९ दशमलव ३६ प्रतिशत खर्च गरेको छ भने लुम्बिनीले १९ दशमलव ३४ प्रतिशत, कर्णालीले विनियोजित बजेटको १५ दशमलव १४ प्रतिशत, सुदूरपश्चिमले १४ दशमलव ८२ प्रतिशत बजेट खर्च गरेको छ ।

संघीय सरकारले वित्तीय समानीकरण अनुदान र राजश्व बाँडफाँटको सिलिङ पठाएसँगै प्रदेश सरकारहरू बजेट निमार्णको गृहकार्यमा जुट्छन् । संवैधानिक व्यवस्थाअनुसार उनीहरूले हरेक वर्षको असार १ गते बजेट ल्याउनुपर्छ ।