काठमाण्डु – नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ प्रचार विभाग प्रमुखमा चयन भएका छन्। भक्तपुरमा दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकले सोमबार गुरुङलाई प्रचार विभागको प्रमुख बनाउने निर्णय गरेको हो ।
यसअघि एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी सचिव योगेश भट्टराईलाई थियो भने प्रवक्ता सचिव प्रदीप ज्ञवाली थिए । गुरुङ गण्डकी प्रदेशमा पूर्व मुख्यमन्त्री हन् । उनि यसअघि एमालेको गण्डकी प्रदेशको इन्चार्ज समेत थिए । गण्डकी प्रदेशमा सचिव पद्मा अर्याललाई जिम्मेवारी दिइएको छ ।
प्रचार विभाग प्रमुख रहेका भट्टराईलाई स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख बनाइएको छ ।
कस्ले के जिम्मेवारी पाए ?
केपी ओली : समग्र पार्टी
ईश्वर पोखरेल :नीति अनुसन्धान प्रतिष्ठान
युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
रामबहादुर थापा बादल :राष्ट्रिय सुरक्षा
विष्णु पौडेल :पार्टी संगठन अनुगमन
सुवास नेम्वाङः ससदिय अनुगमन
सुरेन्द्र पाण्डेः राजकीय मामिलाको जिम्मेवारी
महासचिव : समग्र पार्टी
प्रदीप ज्ञवाली: स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
विष्णु रिमालः आर्थिक लेखा लगायत
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख :योगेश भट्टराई
कार्यालय सचिव :भीष्म अधिकारी
संगठन विभाग :खगराज अधिकारी
राष्ट्रिय युवा संघ : महेश बस्नेत
विद्यार्थी इन्चार्ज: माधव ढुंगेल




प्रतिक्रिया