सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी

सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको छ । नेपाल यातायात व्यवसायी महासंघ र जिल्ला प्रशासन कार्यालय काठमाण्डुबीच सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको हो ।

छलफलमा स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्नेबारे प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलगायत सम्बन्धीत निकायका अधिकारी सकारात्मक देखिएको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताए । अध्यक्ष कर्माचार्यले सीडिओ पराजुलीले गृहसचिव र मुख्यसचिवसँग सल्लाह गरेर १३ गतेसम्म निर्णय गर्ने प्रतिबद्धता जनाएकाे बताए ।

यही १४ गते पछिल्लो निषेधाज्ञाको समय सकिँदैछ । त्यसपपछि सार्वजनिक यातायात संचालन गर्न पाउनुपर्ने व्यवसायीले माग राख्दै आएका छन् । करिब दुई महिनाअघिदेखि सार्वजनिक यातायात थन्किँदा मजदुर, सवारी धनी मर्कामा परेका छन् ।

जोरबिजोर गरेर सवारी चलाउँदा यात्रु कोचाकोच गरेर राख्नुपर्ने अवस्था आउने भएकाले सबै सवारी चलाउनुपर्ने व्यवसायीको माग छ । काठमाण्डु उपत्यकामा मात्र नभई उपत्यकाबाट बाहिर जाने सवारी पनि खुला गर्न व्यवसायीले माग गरेका छन् ।