ठूला सवारी मात्रै चल्न दिने सरकारको निर्णयप्रति यातायात व्यवसायी असन्तुष्ट

ठूला सवारी मात्रै चल्न दिने सरकारको निर्णयप्रति यातायात व्यवसायी असन्तुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा भोलीबाट सार्वजनिक बस चल्न दिने निर्णय भएँसगै यातायात व्यवसायी महासंघले आपत्ति जनाएको छ । यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जोर बिजोर प्रणालीमा २५ सिटभन्दा बढी क्षमताका सवारीसाधन सञ्चालन गर्ने सरकारको निर्णय अव्यवहारिक भएको बताए ।

उनले जोर र बिजोर गरेर ठुला सवारीसाधन मात्रै सञ्चालनमा ल्याउँदा सवारीसाधनमा भीड बढ्ने र त्यसले झनै जोखिम बढाउने बताए । ‘सबै सवारीसाधन चल्न दिँदा भीड कम हुन्छ र जोखिम पनि कम हुन्छ । तर जोर र बिजोरमा ठुला सवारी मात्रै चल्न दिँदा यसले भीड बढाएर जोखिम बढ्छ,’ उनले भने ।

महासचिव सिटौलाले जोर विजोरका आधारमा ठुला सवारीसाधन मात्रै चलाउने सरकारको निर्णय आएपछि के गर्ने भन्ने सम्बन्धमा आज ४ बजे महासङ्घ र ३ वटा मजदुर सङ्गठन बसेर छलफल गर्न लागिएको बताए । त्यसपछि मात्रै के गर्ने र कसरी अगाडि बढ्ने भन्ने बारे निर्णय हुने उनको भनाई छ ।