बिहानैदेखि चल्न थाले सार्वजनिक बस

बिहानैदेखि चल्न थाले सार्वजनिक बस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । पत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरुको सोमबार बसेको बैठकले जोर बिजोर प्रणालीमा सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेसँगै उपत्यकामा आज बिहानैदेखि २५ सिटमाथिका बस सञ्चालनमा आएको हो ।

दुई महिनाको निषेधाज्ञापछि आजदेखि सञ्चालनमा आएको यातायातमा २५ सीटभन्दा बढी क्षमताका बस मात्र बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । कारोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत वैशाख १६ निषेधाज्ञा जारी गरेको थियो ।

कोरोना संक्रमित घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै काठमाण्डु उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेका हुन् ।

उपत्यकाभित्र निषेधाज्ञा भने एक साताका लागि थप गरिएको छ । यसअघिदेखि नै निजी सवारी साधन पनि जोर–बिजोर प्रणालीअनुसार सञ्चालन हुँदै आएका छन् । तर लामो दूरीका सवारी साधन भने सञ्चालन गर्न पाइने छैन । सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने भएका छन् ।