६ दिनपछि काठमाण्डुमा चल्न थाले सार्वजनिक यातायात

६ दिनपछि काठमाण्डुमा चल्न थाले सार्वजनिक यातायात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ६ दिनदेखि काठमाण्डु उपत्यकामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु शनिबार बिहानदेखि हटेको छ।

नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यु लगाउँदै आएका थियो । काठमाण्डु र भक्तपुरमा निषेधाज्ञा र कर्फ्यु हटाइएपति ललितपुरमा भने कायमै छ ।

निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाण्डु उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ।

सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् । सार्वजनिक बस, ट्याक्सी लगायतका सवारी साधन बिहानैदेखि चलिरहेका छन् ।

लामो दुरीका सवारीपनि काठमाण्डुबाट छुट्न थालेका छन् भने अन्य जिल्लाबाट पनि काठमाण्डु आउने गाडी प्रस्थान गर्न थालेका छन् ।

जनजीवन सहज हुँदै गएपछि पसलहरु खुल्न थालेका छन् ।