सार्वजनिक सवारी साधनको भाडा बढ्यो


काठमाडौं – सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ । बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।

विभागमा आज भएको बैठकमा सो निर्णय भएको उनले जनाए।असार १ गतेदेखि लागू हुने गरी भाडादार बढाइएको हो। ३५ प्रतिशत इन्धन र ६५ प्रतिशत अन्य खर्चलाई तुलना गरेर वैज्ञानिक ढंगले बढाइएको उनले जनाए। यस्तै ट्याक्सीमा फ्लेक डाउन (चढ्ने बित्तिकै) ५० रुपैयाँ लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement