काठमाण्डु – आजदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आएको छ । नेपाल सरकारको साउन ४ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दुरीका यातायात सञ्चालनमा आएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डुले विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात चल्न दिने निर्णय गरेको जानकारी दिएको छ । यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ ।
साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डुले अनुरोध गरेको छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै सरकारले लामा दुरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको थियो ।




प्रतिक्रिया