हप्तादिनमै फेरि बढ्यो लामो दूरीका गाडी भाडा, कुन रुटको कति ? (सूचीसहित)

हप्तादिनमै फेरि बढ्यो लामो दूरीका गाडी भाडा, कुन रुटको कति ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै अन्तरप्रदेश चल्ने लामो दूरीका सवारीसाधनको भाडादर बढाएको हो ।

यात्रुवाहक सवारीमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा वृद्धि भएको छ । यसअघि गत जेठ ३ गते मात्रै भाडा वृद्धि भएको थियो ।

नेपाल आयत निगमले २ दिन अघि मात्रै पेट्रोल र र डिजेलको प्रतिलिटर १०/१० रुपैयाँ मूल्य वृद्धि गरेको थियो । इन्धनको बजार मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटबढ हुने भएकाले अहिले बढेको विभागले जनाएको छ ।