असोज १२ देखि सार्वजनिक यातायातलाई रुट पर्मिट नचाहिने

असोज १२ देखि सार्वजनिक यातायातलाई रुट पर्मिट नचाहिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – असोज १२ अर्थात् घस्थापनाको दिनदेखि सार्वजनिक यातायात सञ्चालन गर्न रुट पर्मिट नचाहिने भएको छ । सरकारले असोज १२ गतेदेखि सार्वजनिक यातायात संचालन गर्ने रुट निलम्बन गर्ने भएपछि पर्मिट नचाहिने सूचना यातायात व्यवस्था विभागले जनाएको छ ।

दसैंको लागि एकठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन विभागले असोज १२ गतेदेखि १९ गतेसम्म रुट परमिट खुल्ला गरेको छ । यात्रुको चाप धेरै हुने समयमा आवागमन सहज होस भने बाटो इजाजत पत्र (रुट पर्मिट) खुल्ला गरिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए ।

त्यस्तै ट्राफिक व्यवस्थापनमा समस्या ल्याउने भएकोले यही अवधिसम्मको लागि काठमाडौं भित्रने मल्टी एक्सल ट्र्याक्टर टेलर (ठूला मालबाहक) लाई चितवनको नारायणगढदेखि आवागमनमा रोक लगाइने विभागको सूचनामा छ ।

रुट पर्मिटको दुरुपयोग नहोस् भन्ने उदेश्यले ७ दिन मात्र रुट पर्मिट खोलिएको र आवश्यक परेमा यसको अवधि बढाउन सकिने विभागले जनाएको छ । यस विषयमा व्यवसायीहरु समेत सचेत हुनुपर्ने विभागको भनाइ छ ।