पूँजी बजारले राम्रो काम नगरे सरकारले हस्तक्षेप गर्ने अर्थमन्त्रीको चेतावनी

पूँजी बजारले राम्रो काम नगरे सरकारले हस्तक्षेप गर्ने अर्थमन्त्रीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताएका छन् ।

मंगलबारबाट काठमाडौंमा शुरु भएको वित्तिय साक्षरतासम्बन्धि वृहत अन्तर्रा्ष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले पूँजी बजारलाई संचालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने स्पष्ट पारे ।

उनले नेपालमा पनि पूँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नु परेको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तिय साक्षर बनाउनुपर्नेमा पनि जोड दिए ।

५० लाखभन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा गएका कारण उनीहरुका परिवारका सदस्यले वित्तिय कारोबार गरेपनि उनीहलाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तिय संस्थाहरुको बारेमा समेत जानकारी नभएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।