काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने पुकार बमको घोषणा

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने पुकार बमको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युवा सामाजिक अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । विवेकशील नेपाली दलका संस्थापक रहेका बम कैलालीका बासिन्दा हुन् ।

सत्तारुढ दलहरुको बीचमा मंसिरमा निर्वाचन गर्नको लागि छलफल गरिरहंदा बमले उम्मेदवारी घोषणा गरेका छन् । यसपटक काठमाण्डौंका धेरै निर्वाचन क्षेत्रमा स्वतन्त्रबाट उम्मेदवारी हुने सम्भावना छ ।

इनफ इज इनफ, अकुपाइ बालुवाटार,गोविन्द केसीको अभियान र संविधान जारी गर्न दबाव दिने अभियानमा उनी सहभागी भएका थिए । बमले कोरोना महामारीको बेला सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै १२ दिनसम्म आमरण अनसन समेत बसेका थिए ।

उनले अहिलेसम्म सडकबाट नागरिकका लागि काम गरेको भन्दै अव संसदमा पुगेर नागरिकको आवाज बोल्नको लागि आफुले उम्मेदवारी दिएको बताए ।

काठमाडौं १ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चुनाव जितेको क्षेत्र हो । विवेकशील साझाका तत्कालिन अध्यक्ष रविन्द्र मिश्र उनिसंग थोरै मतले हारेका थिए । बम यसअघि काठमाण्डौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार भएका थिए ।