काठमाण्डु- दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीले पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा रहेका दिपेश गत शुक्रबार काठमाण्डुबाट पक्राउ परेका थिए । पक्रउ पछि पुनलाई अनुसन्धानका लागि रुपन्देही लगिएको थियो ।
उनले बुटवलको सुप्रिम सहकारीमार्फत ठगी गरेको भन्दै पुनसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो । त्यस्तै पुनको नाम सुन तस्करी प्रकरणमा समेत जोडिएको छ ।




प्रतिक्रिया