काठमाण्डु- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ ।
शुक्रबार राति साढे ९ बजे कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हवल्दार प्रकाश पुन मगरले पुनकी आमामाथि गोली प्रहार गरेका हुन् । वर्षमान पुनकी आमाको खुट्टामा गोली लागेको छ ।
उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नयाँ वर्षको अवसर पारेर नेता वर्षमान पुन ‘अनन्त’ बस्ने बालुवाटार गैरीधारास्थित घरमा शुक्रबार साझ रमाइलो चलिरहेको थियो।
वर्षमान उपचारका सिलसिलामा देशबाहिर छन् । काठमाण्डुमा रहेका आफन्तहरूलाई भेला पारेर उनका परिवारका सदस्यले रमाइलो गरिरहेका थिए । तर, सोही भेलामा प्रहरीले बोकेको हतियारबाट गोली चल्यो र वर्षमानकी आमा तिर्थमाली घाइते भएकी हुन् ।
७४ वर्षीया तीर्थमालीलाई गोली लागेपछि उनलाई वीर अस्पतालको ट्रमा सेन्टर लगियो। अहिले उनको उपचार भइरहेको छ। नाताले नाती पर्ने प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोलबाट निस्केको गोलीले तीर्थमालीको देव्रे खुट्टा छेडेको हो । त्यसपछि गोली प्रहरा गर्ने पुनलाई प्रहरीले नियन्त्रणमा लियो । न्यायाधीशको सुरक्षामा खटिएका ती प्रहरी सहायक हवल्दार वर्षमानकी आमाले बोलाउँदा कार्यक्रममा सहभागी भएका थिए।
नयाँ वर्षको कार्यक्रम सकेर राति अबेर करिव १० बजेतिर घर फर्किने बेला त्यहाँ उपस्थितहरूले यति राति घर कसरी जान्छौं भनेर सोध्दा उनले आफूसँग भएको हतियार (पेस्तोल) निकालेको र सोही क्रममा अचानक गोली चलेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।




प्रतिक्रिया