काठमाण्डु – लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार आएको परीक्षण नतिजाअनुसार सभामुख घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।
सभामुख घर्ती घरमै आइसोलेसनमा बसिरहेका छन् । ज्वरो आएपछि उनले कोरोना परीक्षण गर्न दिएका थिए ।
शुक्रबार नै आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीमा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्री केसी पनि होम आइसोलेसनमा बसिरहेका छन् ।




प्रतिक्रिया