प्रधानसेनापति र कतारका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र कतारका राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापा र कतारका राजदूत युसुफ विन मोहम्मद अलहेलबीच भेटवार्ता भएको छ । सोमबार जंगी अड्डामा प्रधानसेनापति र राजदूतबीच शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।

राजदूत र प्रधानसेनापति थापाबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।

सेनाले यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास लिएको छ ।