प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले हुम्ला, कालिकोट र सुर्खेतका विभिन्न स्थानको भ्रमण गरेका छन् । उनले हुम्लास्थित नयाँ भैरवीदल गुल्म, कालिकोटस्थित रणशुर गुल्म, सुर्खेतस्थित पश्चिम एयर वेश र उत्तर–पश्चिम पृतना हेड क्वार्टरको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गुल्म, एयर वेश र पृतना हे.क्वा.को स्थलगत निरीक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

साथै, उनले मंसिर १७ र १८ गते सुदुर पश्चिम पृतना हे.क्वा.लगायत अन्य युनिटहरुको समेत निरीक्षण गर्नेकार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement