सेनाभित्रको अनियमितताबारे छलफल गर्न बोलाइएको बैठकमा रक्षामन्त्री र प्रधानसेनापति गएनन्

सेनाभित्रको अनियमितताबारे छलफल गर्न बोलाइएको बैठकमा रक्षामन्त्री र प्रधानसेनापति गएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा नगएपछि स्थगित भएको छ ।

बैठकमा रक्षा मन्त्रालयको तर्फबाट सचिव रेश्मीराज पाण्डे र सेनाका रथी सरद गिरीको नेतृत्वमा सहभागी भएका थिए ।

तर राज्य व्यवस्था समितिको बैठकमा तालुकदार मन्त्री पोखरेल र प्रधानसेनापति थापालाई बोलाएपनि नआएपछि बैठक स्थगित गरिएको सभापति शशी श्रेष्ठले जानकारी दिइन् । सम्बन्धित व्यक्तिविना छलफलको औचित्य नहुने भन्दै बैठक स्थगित गर्न सांसदले माग गरेपछि बैठक स्थगित गरिएको हो ।

जंगी अड्डा मुख्यालय निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको उजुरीपछि समितिले चासो देखाएको छ । राज्य व्यवस्था समितिले सेनाको भ्रष्टाचारबारे छानबिन गरी प्रतिवेदन तयार पार्न तीन सदस्यीय उजुरी सुनुवाई कार्यदल गरेको थियो ।