प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले वीरेन्द्र अस्पतालमा कार्यरत प्राविधिक रथीबृन्द तथा अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज जंगी अड्डामा आयोजित कार्यक्रममा उनीहरुलाई प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सो समारोहमा प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका वीरेन्द्र अस्पतालका सहायक रथी डा. नगेन्द्र बहादुर के.सी., प्राविधिक सहायक रथी दर्जामा पदोन्नति भएका सोही अस्पतालका प्राविधिक महा सेनानी डा. भरत बहादुर भण्डारी र प्राविधिक महा सेनानी दर्जामा पदोन्नति भएका सोही अस्पतालका प्राविधिक प्रमुख सेनानी डा. सुमनराज डंगोललाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

साथै, पदोन्नति भएका प्राविधिक उपरथी डा. नगेन्द्र बहादुर के.सी.लाई सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारीमा नियुक्त गरिएको छ भने अन्य रथीबृन्द तथा अधिकृतहरुलाई सोही अस्पतालमा पदस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement