कांग्रेसका महामन्त्री खड्कालाई कोरोना संक्रमण

कांग्रेसका महामन्त्री खड्कालाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा कोरोना संक्रमिण पुष्टि भएको महामन्त्री खड्काले जानकारी दिए । उनले आफूलाई असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकी लगायतका स्वास्थ्यमा समस्या देखिएको बताए ।

धेरै सतर्कताका बाबुजुद पनि आफूलाई कोरोना संक्रमण भएको भन्दै महामन्त्री खड्काले आफ्नो क्लोज कन्ट्याकमा रहेका व्यक्तिहरुलाई सचेत रहन आग्रह समेत गरेका छन् ।