काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा धनकुटा पुगेका छन्। उनले मंगलबार त्यहाँस्थित नम्बर २ बाहिनी अड्डा र बरख गणको निरीक्षण भ्रमण गरे।
नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भए पश्चात प्रधानसेनापति थापाको यो पहिलो निरीक्षण भ्रमण हो ।
भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी तथा गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए।
मंगलबार पूर्वी पृतना हेडक्वार्टर इटहरीमा रहेका उनले बुधबार अन्य युनिटहरुको निरीक्षण गर्ने कार्यक्रम छ। थापा बुधबार नै काठमाडौं फर्कने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।
थापाले भदौ २४ गते प्रधानसेनापतिको कार्यभार सम्हालेका थिए।




प्रतिक्रिया