प्रधानसेनापति थापा सुदूरपश्चिम भ्रमणमा

प्रधानसेनापति थापा सुदूरपश्चिम भ्रमणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानसेनापति पूर्णचन्द्र थापा सुदूरपश्चिम भ्रमणमा निस्किएका छन्।

भ्रमणको पहिलो दिन उनले सोमबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित ५ बाहिनी अड्डाको निरीक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निरीक्षणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए।

थापाले सुदूरपश्चिम पृतना हेडक्वार्टर अन्तर्गतका विभिन्न युनिटहरुको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। उनी २९ फागुनमा काठमाडौं फर्कने कार्यक्रम छ।