नयाँ अनुहार आएसँगै देउवालाई सन्तुलन मिलाउन कठिन छ : पुरुषोत्तम दाहाल (अन्तर्वार्ता)

नयाँ अनुहार आएसँगै देउवालाई सन्तुलन मिलाउन कठिन छ : पुरुषोत्तम दाहाल (अन्तर्वार्ता)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कांग्रेसको १४ औं महाधिवेशनबाट लोकप्रिय युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन्  । यी दुई नेता प्रमुख कार्यकारी पदमा पुगेसँगै कांग्रेस वृत्तमा उत्साह जागेको छ । निर्वाचनमा थापा र शर्मासँगै अन्य चार जना प्रतिस्पर्धी थिए । थापा शेखर कोइराला र शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

बिहीबार सम्पन्न मतगणनामा थापाले ३ हजार २३ मत र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरेका छन् । थापाले प्राप्त गरेको मत उनको प्यानलका सभापति उम्मेदवार कोइरालाले पहिलो चरणमा प्राप्त गरेको भन्दा १ हजार ३ सय ३१ ले बढी हो । शर्माले पनि आफ्नो प्यानलका सभापतिका उम्मेदवार सिंहले भन्दा १ हजार ६ सय १३ मत बढी ल्याए ।शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित हुँदा उनको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका प्रकाशशरण महत र प्रदीप पौडेल भने पराजित भएका छन् ।

महतले १ हजार ५ सय ५६ र पौडेलले १ हजार १ सय ९३ मत प्राप्त गरे । कोइराला प्यानलका मीनेन्द्र रिजालले ८ सय ९ र विमलेन्द्र निधि प्यानलका राजाराम कार्कीले १ सय ६ मत ल्याए । यि दुईको जितसँगै कांग्रेसमा रूपान्तरण अभियान सुरु भएको भनिएको छ । उनिहरुको जितले कांग्रेसमा पुस्तान्त्रण भएको विश्लेषण हुन थालेको छ ।

सभापतिमा शेरबहादुर देउवा नै निर्वाचित भएका छन् भने अन्य पदाधिकारीमा मिश्रीत परिणाम आएको छ । त्यसमापनि युवाहरुको वर्चश्व देखिन्छ । प्रस्तुत छ समग्र महाधिवेशन र चुनौतिका बिषयमा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालसंग काठमाण्डुपाटीले गरेकाे कुराकानीको सम्पादित अंशः

नेपाली कांग्रेसको १४ महाधिवेशनमा आएको मत परिणामलाई कसरी हेर्नुभएको छ ?

नेतृत्वको चयन पनि बडो विचित्रसंग जोडिएको छ । अब एकदमै पुरानो पुस्ता पुरानो मान्छे र सबैभन्दा बढी नेपाली कांग्रेसमा त उस्ताउस्तै हो तर आम नेपाली नागरिककाबीचमा धेरै लोकप्रिय नहुनुभएका सभापतिलाई चयन गरेको छ ।

एकातिर अर्कोतिर सर्वाधिक लोकप्रिय मानिनुभएका विश्वप्रकाश र गगन थापाहरुपनि यो नेतृत्वमा आउनुभएको छ । त्यसको पुल बिचको बिन्दु पूर्ण बहादुर खड्का देखिनुभएको छ । यो महाधिवेशनले कांग्रेसललाई वैधानिकता बाहेक अरु केही प्राप्त भएन । न विधिको छलफल भयो न नीतिको त्यसैले यो महाधिवेशन नेतृत्वमै केन्द्रीत रह्यो ।

महाधिवेशनमा सभापति बाहेकका पदमा सबै युवा अनुहार आउनुभएको छ । यसअघि एकलौटी रुपमा पार्टी सञ्चालन गर्दै आउनु भएका सभापति देउवालाई अब कत्तिको चुनौती छ ?

शेरबहादुर देउवा जो प्रधानमन्त्री पनि हुनुहुन्छ । पार्टी सभापति पनि हुनुहुन्छ । र उहाँको प्रतिपक्षबाट उमेद्वारी दिनुभएका नयाँ अनुहारहरु बिजयी हुनुभएको छ । निश्चित रुपमा देउवालाई सन्तुलन मिलाउन र समन्वय गर्न कठिन नै देख्छु । त्यसैले त मैलै अघि पनि भने समन्वयसेतुको रुपमा भुमिका चाही पूर्ण बहादुर खड्काले निर्वाह गर्नुपर्छ । खड्काले नयाँ र पुरानो पुस्तालाई जोड्ने नटबल्टुको रुपमा काम गर्नुपर्छ ।

विश्वप्रकाश शर्मा र गगन थापाले कांग्रेसलाई अव नयाँ गति दिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँहरुलाई कत्तिको सहज देख्नुहुन्छ ?

व्यक्तिगत रुपमा भन्ने कुरा एउटा हो भने संस्थागत संयन्त्रको परिचालन गर्ने अर्को कुरा हो । भर्खरमात्र निर्वाचित हुनुभएका उहाँहरुमा व्यक्तिगत रुपमा हेर्दा नयाँ जोस छ जाँगर छ, नयाँ केही दुष्टिकोण पनि छन् । मैले उहाँहरुको दुष्टिकोण पनि हेरे । मैले नेपाली कांग्रेसलाई बढो गहिराइसम्म पुगेर हेरेको छु । मेरो दुई तिनवटा गम्भिर प्रश्न पुराना वा नयाँ दुवै पुस्तालाई छ । नेपाली कांग्रेसलाई प्रशिक्षित गर्नका लागि वडा तहसम्म उहाँहरुले पुस्तकालयको विकास गर्न सक्नुहुन्छ कि नाई ?

नेपाली कांग्रेसभित्रको असहमति हटाउनका लागि जय नेपाल गुनासो अभियान वा कुनै पनि नामको अभियान संचालन गर्न सक्नुहुन्छ कि नाई ? नेपाली कांग्रेसमा वडा नगर क्षेत्र प्रदेश वा केन्द्र कही पनि सहि रठिक समयमा कुनै सञ्चारपनि हुँदैन सम्पर्क सुत्रपनि हुदैन बडो विचित्र छ त्यहाँनिर ।उहाँहरु बाहिर भननुहुन्छ एउटा चिठी पठाएको त्यसको जवाफ लिनलाई कतिपटक फलो गर्नुपर्छ उहाँहरु त्याँ पुग्नुभएको छ अब थाहा पाउनुहुन्छ । उहाँहरुलाई अब आफैले गरेका प्रतिबद्ध मै चुनौती छ ।

पराजयपछि डा मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा पनि दिनुभयो । यसलाई नैतिकता देखाएको भन्न मिल्ला ?

निर्णय ठिक र बेठिक त्यो त उहाँले स्वयम मुल्याङ्कन गर्ने कुरा हो । तर दुईवटा कुरालाई अलग्याएर हेर्नुपर्छ जस्तो लाग्छ मलाई । एउटा कुरा त नेपाली कांग्रेसभित्रको आन्तरिक नेतृत्व चयनको प्रश्न हो । त्यो प्रश्न र आम नागरिक जसले मतदाताको रुपमा उहाँलाई बिजय बनाए ।

उहाँ जुन क्षेत्रबाट निर्वाचित हुनुभएको हो त्यो क्षेत्रको नागरिकको आशा यी दुई कुरालाई उहाँले ख्याल गर्नुपथ्र्यो जस्तो मलाई लाग्छ । मिनेन्द्र रिजाल आन्तरिक प्रतिस्पर्धाबाटमात्रै सांसद हुनुभएको होइन मेरो बिचारमा । उहाँले जुन साहास देखाउनुभएको छ । असल परम्परा बसाउनकालागि उहाँयो यो निर्णय सहि हुन सक्छ ।