बंगबन्धु ढाका म्याराथनमा पुष्पा भण्डारीलाई स्वर्ण पदक


काठमाण्डु – नेपाली एथलेट पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ मा स्वर्ण पदक हात पार्न सफल भएकी छन् । उनले बंगलादेशमा आज सम्पन्न उक्त प्रतियोगिताको दक्षिण एसियाली महिलातर्फ स्वर्ण जितेकी हुन् ।

उनले निर्धारित दौड २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरेकी थिइन् । भारतीय खेलाडीले दोस्रो र तेस्रो स्थान हात पारेका छन् ।

प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार ढाका प्रस्थान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement