काठमाण्डु – संसदको उपसभामुखमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन् । लामो समयदेखि खाली रहेको संसदको उपसभामुख पद एमालेकी प्रतिस्पर्धी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनका लागि निर्वाचन भएको थियो । जम्मा खसेको २४२ मध्ये १४८ मत ल्याउँदै भुसाल विजयी भएकी सभामुख अग्नि सापकोटाले जानकारी दिए ।
भुसाललाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाले समेत समर्थन गरेका थिए । पराजित एमालेकी भट्टराईले राप्रपाको समर्थनमा ९३ मत ल्याइन् ।




प्रतिक्रिया