काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक पुगेका छन् । अध्यक्ष प्रचण्ड रिफ्रेसका लागि भन्दै सिन्धुपाल्चोक पुगेका हुन् ।
सभामुखको विषयमा अर्का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच सहमति जुट्न नसकिरहेका बेला उनी रिफ्रेसका लागि सिन्धुपाल्चोक पुगेका हुन् ।
अध्यक्ष प्रचण्ड सभामुखका दाबेदार अग्नि सापकोटालाई लिएर सिन्धुपाल्चोक पुगेका हुन् । प्रचण्डलाई एक कार्यकर्ताको घरमा बासको बन्दोबस्ती मिलाएर सापकोटाले रात बिताएका थिए ।
सापकोटाको आफ्नै क्षेत्रमा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा ९ स्थित कदमवासमा रात बिताएर प्रचण्ड बिहानै राजधानी फर्किसकेका छन् ।
प्रचण्डले जनतामाझ बस्ने भन्दै कार्यकर्ताको घरमा रात बिताएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
प्रचण्डले स्थानीय जनप्रतिनिधिसँग विकास र त्यहाँ भइरहेका गतिविधिबारे जानकारी लिएका थिए ।
प्रचण्ड यसअघि महत्वपूर्ण निर्णय गर्नुपूर्व सिन्धुपाल्चोकको सुकुटेमा पुग्ने गरेका थिए । प्रचण्डको सिन्धुपाल्चोक भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।




प्रतिक्रिया