अध्यक्ष प्रचण्डले पूर्वमाअ‍ोवादी समूहका नेतालाई खुमलटार बोलाए, गृहमन्त्री बादल र लेखराज भट्ट अनुपस्थित


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट नेताहरुसँग छलफल गरेका छन् ।

सोमबार बिहान आफू निकट स्थायी कमिटी सदस्यहरुसँग अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विषयमा छलफल गरेका हुन् ।

प्रचण्ड निवास खुमलटारमा भएको भेलामा गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट बाहेक पूर्व माओवादी पक्षधर सबै स्थायी समिति सदस्यहरुको सहभागिता रहेको स्राेतले जानकारी दियाे ।

अध्यक्ष प्रचण्डले पूर्वमाअ‍ोवादी समूहका नेतालाई एक जुट बनाउन बैठक बोलाएको स्रोतले जानकारी दियो । पछिल्ले समय गृहमन्त्री बादल र मन्त्री भट्ट प्रधानमन्त्री अ‍ोलीको पक्षमा लागेकाले अध्यक्ष प्रचण्डले एकजुट बनाउन भेला बोलाएका हुन् ।

पूर्व माओवादी निकटका स्थायी समिति सदस्यहरु कोही प्रधानमन्त्री निकट लागेका छन् भने कोही ओली र प्रचण्ड मिल्नुपर्छ भन्ने पक्षमा छन् । आइतबारको खुमलटार बैठकमा गृहमन्त्री बादल र मन्त्री भट्ट अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement