पुष्पलाल मित्रता केन्द्रले भन्योः कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्न दक्षीणपन्थले टाउको उठायो

पुष्पलाल मित्रता केन्द्रले भन्योः कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्न दक्षीणपन्थले टाउको उठायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पुष्पलाल मित्रता केन्द्रले नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने षड्यन्त्र गरेर दक्षीणपन्थले टाउको उठाईरहेको निष्कर्ष निकालेको छ ।

केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाको अध्यक्षतामा भर्चुअल रूपमा बसेको बैठकले नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षीणपन्थी अवसरवाद र विसर्जनवादको प्रबृत्ति बढन लागेकोमा चिन्ता ब्यक्त गर्दै समयमा सचेत हुन नसके कम्युनिष्ट आन्दोलनले गंभीर धक्का खाने निष्कर्ष निकालेको हो ।

बैठकको निर्णयमा भनिएको छ, ‘नेपालको कम्युनिष्ट आन्दोलन जति सबल हुदै जान्छ, त्यति नै नेपालको राष्टियता र संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बन्दै जान्छ । त्यसैले आज नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै जानु र जनताको लोकतन्त्र बलियो बनाउँदै जानु अति आवश्यक देखिन्छ । यो बैठक, कम्युनिष्ट आन्दोलनलाई देशको राजनीतिमा मूल प्रवाहीकरण गर्न, अझ समृद्ध,सशक्त र एकीकृत बनाँउदैअगाडि बढ्नका लागि महत्वपूर्ण भूमिका खेल्न सबैमा हार्दिक अपिल गर्दछ ।’

विज्ञप्तिमा दुई दुईपटक असंबैधानिक तरिकाले प्रतिनिधि सभाको भङ्ख गर्ने, राष्टपति र प्रधानमन्त्रीको मिलोमतोमा संविधानको चीरहरण गर्ने,सम्पूर्ण संबैधानिक निकाय कब्जा गर्ने,सबै कानूनी कानूनी मर्यादाहरु नाघेर मन्त्रीमण्डल विस्तार गर्ने असंबैधानिक काम प्रधानमन्त्रीबाट भइरहेको जनाइएको छ ।

‘समग्रमा प्रणालीलाई नै ध्वस्त गर्ने चाहना देखिएकोले यो बैठक, उक्त प्रतिगामी र सम्बैधानिक कदमको घोर निन्दा एवं भत्र्सना गर्न गर्दछ र देशका प्रधानमन्त्रीलाई प्रतिगमनकारी कार्य गर्नबाट पछी हट्नको लागि आह्वान गर्दछ’, बैठकको निर्णयमा भनिएको छ ।