वाइसिएल सिन्धुली अध्यक्ष काठमाडौंबाट पक्राउ

वाइसिएल सिन्धुली अध्यक्ष काठमाडौंबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– योङ कम्युनिष्ट लिग (वाईसिएल) सिन्धुलीका अध्यक्ष पुष्पराज श्रेष्ठ काठमाडौंको रातोपुलबाट पक्राउ परेका छन्।

वाइसिएलका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो।

उनीमाथि ठेकेदारलाई धम्क्याएको आरोप छ। श्रेष्ठले केही समय अघिदेखि आफ्नो घर निर्माण गर्न ठेक्केदारलाई जिम्मा दिएका थिए । ठेक्केदारले त्यसबापतको पैसा माग्दा उल्टै पेस्तोल देखाएर धम्की दिएको प्रहरीको आरोप छ ।

श्रेष्ठ तत्कालीन नेकपा माओवादी शान्तिप्रक्रियामा आएसँगै पार्टीमा लागेका थिए।

वाईसिएल तत्कालीन नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन हो । एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपनि वाइसिएल र युथफोर्सबीच भने एकता प्रक्रिया जारी छ ।