युक्रेनका गुप्तचर प्रमुखले भने- इरानमा देखिएका पुटिन नक्कली हुन्

युक्रेनका गुप्तचर प्रमुखले भने- इरानमा देखिएका पुटिन नक्कली हुन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- युक्रेनको गुप्तचर संस्थाका प्रमुखले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूजस्तै देखिने अर्का व्यक्तिलाई इरान भ्रमणमा पठाएकोे बताएका छन् ।

गुप्तचर संस्था जीयूआरका प्रमुख जनरल किरिल बुदानोभले भने इरान भ्रमणमा देखिएका पुटिन नक्कली भएको दावी गरेका हुन् ।

‘पुटिन भनिएको व्यक्ति विमानबाट बाहिर निस्केको ध्यान दिएर हेर्नुस् । उनी पुटिन हुन् त?’, उनले भने । बुदानोभले यसको विस्तृत विवरण भने दिएनन् ।

तर युक्रेनी सञ्चारमाध्यमहरूले सार्वजनिक कार्यक्रममा पुटिनले यदाकदा आफू जस्तै देखिने मानिस उपयोग गर्ने गरेको लेखेका छन् ।