बेलारुसमा राख्यो रुसले आणविक हतियार, पुटिनले भने- ‘अत्याचार गरे प्रयोगमा आउनेछ’


मस्को – रुसले बेलारुसमा रणनीतिक आणविक हतियारको पहिलो समूह राखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैँले यसका बारेमा जानकारी दिएका छन् । उनका अनुसार रुसको भूभाग वा राज्यलाई धम्की दिएमा मात्र प्रयोग सो आणविक हतियार प्रयोग गरिने बताए।

उनले एक सार्वजनिक मञ्चमार्फत आणबिक हतियार बेलारुसमा पु¥याईएको जानकारी दिएका थिए । बेलारुस एक प्रमुख रुसी सहयोगी हो । सो क्रममा राष्ट्रपति पुटिनले सामरिक आणविक हतियार हस्तान्तरण गर्मीको अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन् ।

सेन्ट पीटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक फोरममा भाषण पछि प्रश्नहरूको जवाफ दिँदै रसियाका राष्ट्रपतिले भने, ‘ यो कदम नियन्त्रणको बारेमा थियो र हामीलाई रणनीतिक पराजय गर्ने सोच्नेले यसको सम्झना गरुन भनेर देखाईएको हो ।’

फोरमका मध्यस्थकर्ताले ती हतियारहरू प्रयोग गर्ने सम्भावनाको कतिको छ भनेर पुटिनलाई सोधेका थिए । जवाफमा उनले भने, ‘हामीले सारा संसारलाई किन धम्की दिने ? मैले पहिले नै भनेको छु कि रूसी राज्यको लागि खतरा भएको अवस्थामा मात्र यसको प्रयोग गर्न सम्भव छ, त्यो अघि कुनै प्रयोग गरिने छैन । हामी विश्वमा शान्ति र अमन चयन कायम राख्न चाहान्छौं, रुसको यो कदम विश्व शान्ति स्थापनाका लागि सन्देश पनि हो ।’

उता रुसले बेलारुसमा आणबिक हतियार राखेको बिषयमा आफनो धारणा सार्बजनिक गरेको छ । युक्रेनमा आक्रमण गर्न क्रेमलिनले आणविक हतियार प्रयोग गर्ने योजना बनाएको कुनै संकेत नभएको अमेरिकी सरकारले बताएको हो ।

‘हामीले रूसले आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेको कुनै संकेत देखेका छैनौं,’ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement