चलचित्र विकास बोर्ड महिला सशक्तीकरण समिति सदस्यमा पूजा शर्मा


काठमाण्डु- चलचित्र विकास बोर्डले अभिनेत्री पूजा शर्मालाई महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त गरेको छ । हालैको बोर्ड बैठकले उनलाई महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त गरेको हो।

एक दशकदेखि पूजा फिल्म क्षेत्रमा छिन्। बोर्डले बुधबारमात्र बोर्डको सल्लाहकार समितिमा वितरकद्धय गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement