प्याजको भाउ बढ्यो, किलोको १ सय ३५ रुपैयाँ

प्याजको भाउ बढ्यो, किलोको १ सय ३५ रुपैयाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एक दिनमै प्याजको मूल्य ३० रुपैयाँले बढेको छ । काठमाडौको मुख्य थोक बजार कालिमाटीमा आइतबार प्याज किलोको १ सय ५ रुपैयाँमा बिक्रि भएकाप्याज सोमबार किलोको १ सय ३५ रुपैयाँ तोकिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

भारतले आइतबार प्याज निकासीमा रोक लगाएसँगै यसको असर नेपाली बजारमा पनि परेको हो । नेपालमा धेरैजसो प्याज भारतबाट ल्याइने भएकाले भारतबाट निकासी रोकिँदा नेपालमा प्याजको कमी हुने र भाउ अझै बढ्न सक्ने तरकारी बजार विकास समितिले जनाएको छ ।  चाडपर्वको मुखमा प्याजको भाउ ह्वात्तै बढ्दा उपभोक्ता मारमा परेका छन् ।