प्याज प्रतिकिलो दुई सय ३० रुपैयाँ पुग्यो

प्याज प्रतिकिलो दुई सय ३० रुपैयाँ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय प्याजको मूल्य लगातार बढिरहेको छ । उपत्यकाको सबैभन्दा ठूलो बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज (मंगलबार) प्याजको मूल्य दुई सय ३० रुपैयाँ पुगेको छ ।

गत साउनदेखि नेपाली बजारमा प्याजको भाउ बढ्न थालेको हो । लगातार बढिरहेको प्याज असोजदेखि दोब्बरले बढेर सय रुपैयाँभन्दा माथि पुगेको थियो ।

कालिमाटी बजारमा सोमबारसम्म प्रतिकेजी खुद्रा प्याजको मूल्य अधिकतम दुई सय रहेकोमा मंगलबार ३० रुपैयाँले बढेर दुई सय तीस रुपैयाँ पुगेको हो । भारतले प्याज आयातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य आकाशिएको हो ।