काठमाण्डु – प्यूठानको ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी भएको छ । आगलागीमा १३ घर र ११ गोठ जलेर नष्ट भएको छ ।
गएराती भएको आगलागीमा ९३ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीय लक्षमण रानाको फुसले छाएको गोठबाट सुरु भएको आगो रातभर लागेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । आइतबार बिहान आगो नियन्त्रणमा आएको हो ।









प्रतिक्रिया