काठमाण्डु – कतार सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना महामारीसंग जुध्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको बताइएको छ ।
कतारका आमिर शेख तामिम विन हमाद अल थानीको आदेश अनुसार नेपाललाई सहयोग गरिएको जनाइएको छ । थानीको आदेशअनुसार कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटर सहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
टर्किस एयरलाइन्सबाट काठमाण्डु पठाइएको भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री कतारी राजदुतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।
कतारले नेपाललाई विभिन्न समयमा सहयोग गर्दै आएको छ । कोरोना महामारी शुरू भएदेखिनै चार्टड फ्लाइट मार्फत स्वास्थ्य सामग्री पठाएको थियो भने कोभ्याक्स कार्यक्रम मार्फत कोरोना विरूद्दको खोपउपलब्ध गराएको थियो ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल–मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको गुणको बदलामा हरेक समयमा नेपाललाईआवश्यक पर्दा साथ दिन पछि नपर्ने बताउंदै आगामि दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझिले कतार सरकारलाई धन्यवादसमेत दिएका थिए ।




प्रतिक्रिया