कतारबाट ७ लाख ४२ हजार थान स्वास्थ्य सामाग्री सहयोग

कतारबाट ७ लाख ४२ हजार थान स्वास्थ्य सामाग्री सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कतारले नेपाललाई कोरोना भाइरसको महामारी नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीलगायतलाई अवाश्यक पर्ने सामाग्री पठाएको छ ।

कतारले थ्री लेयर मास्क ५ लाख थान, मेडिकल मास्क ५५ हजार थान, सर्जिकल मास्क ५५ जहार, फेससिल्ड १५ हजार थान, ग्लोबस ५० हजार थान, सर्जिकल गाउन ३० हजार थान, गगल्स ३० हजार थानलगायत गरी जम्मा ७ लाख ४२ हजार थान सामाग्री सहयोग गरेको हो ।

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । मन्त्री ढकाल त्रिभुवन विमानस्थलमै पुगेका थिए ।

त्यस्तै युएईले पनि नेपाल सरकारलाई कारोना भाइरस संक्रमणका बिरामीलाई उपचार गर्न प्रयोग गरिने स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ । युएईले करिब ९ टन स्वास्थ्य सामग्री नेपालाई उपलब्ध गराएको हो । युएईबाट इतिहादको वाइडबडी विमान चार्टर गरी उक्त सामग्री नेपाल आइपुगेको हो ।