बुटवल – रुपन्देहीको देवदहमा रहेको क्वारेन्टाइनमा मट्टीतेल खन्याएर आगो लगाएका सुरक्षा गार्डको मृत्यु भएको छ ।
देवदह–५ मितेरी टोलका २४ वर्षिय विपिन बस्यालले मंगलबार बिहान करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए ।
जलेर गम्भीर घाइते भएका उनको पाल्पा मिसन अस्ताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए । उनले आफ्नै शरिरमा किन आगो लगाएका हुन् भन्ने खुल्न नसकेको र घटनाको अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।
देवदह वडा नम्बर ५ मितेरीटोल घर भएका बस्याल कोरोना महामारी फैलिएसँगै वडा नम्बर ७ शित्तलनगर स्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टाइनमा काम गर्दै आएका थिए ।




प्रतिक्रिया