उदयपुर – भारतबाट नेपाल फर्किएका एक जना अस्पताल भर्ना भएका छन् । सरकारले कोरोना विरुद्ध जारी गरेको लकडाउनको दोस्रो दिन बुधबार भारतको सिलिगुडीबाट नेपाल फर्किएका उदयपुरका एक्काइस जनामध्ये एक जनामा ज्वरो देखएकाले कटारी अस्पतालमा भर्ना भएका हुन् भने बीस जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
झापा प्रहरीको प्रत्यक्ष निगरानीमा उदयपुरको कटारीसम्म ल्याइएका उनीहरुलाई कारोना भाइरस संक्रमणको आशंकामा कटारी नगरपालिकाको त्रिवेणी बेलसोतामा रहेको नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको हो ।
उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण पछि मात्र घर पठाइनेछ । एकचरण सबैको स्वास्थ्य परिक्षण कटारी अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । हाललाई एकजनालाई ज्वरो आएको बाहेक सबैको स्वस्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया