प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा

प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – बुधबारको प्रतिनिधिसभाको बैठकको शुरुमा नै सांसदका निरन्तर प्रश्नले गृहमन्त्री रामबहादुर थापा अलमलमा पर्नुभयो ।  मन्त्रीले ल्याएको जानकारी र तथ्यांकभन्दा पनि सांसदहरुले अन्य जानकारी मागेपछि मन्त्री अलमलमा परेर के जवाफ दिने भन्नेमा अलमलमा पर्नुभएको थियो ।

सांसदहरुले आफ्नै स्थानबाट प्रश्न गरेका थिए । सांसदको प्रश्न सकिएपछि जवाफ दिन गृहमन्त्रीले अटेर गरेझैँ गरे पनि जवाफ दिन वाध्य हुनुपरेको थियो । प्रश्न अप्ठेरो भएको र सत्यतथ्य जवाफ के दिने भन्ने टुंंगो नहुँदा सभामुख कृष्णबहादु महाराले पटकपटक मन्त्रीलाई दिन आग्रह गर्नुपरेको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।