क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख – दैलेख जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरे ।

‘गत ७ गते उनी भारतबाट आएका थिए । भारतबाट आएका कारण उनीसहितको टोलीलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखेका थियौं,’ दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले बताए ‘उनी बिहान चिया र विस्कुट खाएपछि ढलेका थिए ।’

उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज आउने नगरप्रमुख भण्डारीले बताए ।