राष्ट्रपतिले मान्छे काट्नेलाई छाडेको खुशीयालीमा पार्टी गर्नुभयो: रवि लामिछाने


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका दिन राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गरेकामा आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा उनले संविधान जारी भएको खुशियाली मनाउनुपर्ने दिनमा दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् । उनले संविधान दिवसको अवसरमा राष्ट्रिपति पौडेलले आयोजना गरेको भोजमा आफू सहभागी हुन नपरेकोमा खुशी व्यक्त गरे ।

‘संविधान दिवसको अवसरमा राष्ट्रपतिज्यूले भोजको आयोजना गर्नुभएको थियो । तर, म सरिक हुन पाइनँ । तर, संयोगले त्यो दिन मैले रोल्पामा एक परिवारले बनाएको ढिडो खान पाएँ । मलाई लागेको थियो, राष्ट्रपतिज्यूले आयोजना गरेको त्यो संविधान दिवसको भोज थियो, त्यो खुशी थियो संविधान दिवसको उपलक्ष्यमा । तर, त्यो भोज संविधान पाएको खुशीको होइन रहेछ । दिनदहाडै सडकमा मान्छे काट्नेलाई उन्मुक्ति भएको पार्टी रहेछ। म खुशी छु, त्यो पार्टीमा त्यो जुठो खान परेन ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement